एसिया कप खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं: एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किएकाे छ ।

नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको हाे ।
टाेलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघले स्वागत गरेकाे छ।

श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्किएकाे हो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्कियाे ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो ।

दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो । 
पहिलाेपटक एसिया कप खेलेकाे नेपाली टाेलीले अनुभव बटुलेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!