बैतडी: बैतडीका स्थानीयतहहरुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र बिशेष अनुदान अन्तर्गत प्राप्त भएको रकम खर्च गर्न सकेनन् । यहाँका १० ओटै स्थानीय तहबाट गत आर्थिक बर्ष २०८०÷८१ मा २५ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ ।
यहाँका सबै स्थानीय तहमा २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिनुभयो ।
जिल्लाको पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार २३४ रुपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार १२३ रुपैयाँ खर्च भएको छ भने ४ करोड ७७ लाख ८३ हजार ११० रुपैयाँ फिर्ता भएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार २९३ रुपैयाँमध्ये २६ करोड ६५ लाख ८१ हजार ५३४ रुपैयाँ खर्च भएको छ । बाँकी ३ करोड ५४ लाख ९९ हजार ७५८ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा गत आर्थिक बर्षमा ४० करोड २४ लाख १८ हजार ९६० रुपैयाँ बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार २३४ रुपैयाँ खर्च भएको छ । दशरथचन्द नगरपालिकाबाट २ करोड ९९ लाख २४ हजार ७२५ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिकाबाट ९० लाख १५ हजार ५२६ रुपैयाँ फिर्ता भएको छ । पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार ९३० रुपैयाँ बजेट आएकोमा गत आर्थिक बर्षमा ३७ करोड ३९ लाख १८ हजार ४०३ रुपैयाँ खर्च भएको छ । यस्तै मेलौली नगरपालिकाबाट २ करोड ७२ लाख ७० हजार ६४० रुपैयाँ फिर्ता भएको छ । २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त भएकोमा २४ करोड ३९ लाख ५४ हजार ३८५ रुपैयाँ खर्च भएको छ।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाबाट गत आर्थिक बर्षमा ६८ लाख ७२ हजार २८२ रुपैयाँ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार १४३ रुपैयाँ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार ८६० रुपैयाँ खर्च भएको छ ।
यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट गत आर्थिक बर्षमा १ करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार ९५ रुपैयाँ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार ७३४ रुपैयाँ खर्च भएको जनाइएको छ । यसैगरी शिवनाथ गाउँपालिकाबाट गत आर्थिक बर्षमा ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैयाँ फिर्ता भएको छ । शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार ३५१ रुपैयाँ बजेटमध्ये १५ करोड ३३ लाख ९४ रुपैयाँ बजेट खर्च भएको छ ।
यस्तै जिल्लाको सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५ सय रुपैयाँ बजेटमध्ये २० करोड ९ लाख ७७ हजार ३१ रुपैयाँ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर १ करोड ५५ लाख ६ हजार ४६९ रुपैयाँ फिर्ता भएको छ ।
यस्तै जिल्लाको सुर्नया गाउँपालिकाबाट गत आर्थिक बर्षमा २ करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ । सुर्नयामा २३ करोड ९२ लाख १० हजार ६१६ रुपैयाँमध्ये २१ करोड १६ लाख ७३ हजार ८७६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सशर्त, समपुरक र बिशेष अनुदान अन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“ शिर्षक छुट्याएर बजेट दिएको हुन्छ । सोही शिर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ । ”
ठेक्काप्रक्रियाबाट योजना निर्माण हुने गर्दा घटाघटीमा ठेक्का गर्दा निर्धारित बजेट बच्न जाने बचेको उक्त बजेट फेरी खर्च गर्न नमिल्ने भएर फिर्ता जाने गरेको उहाँले बताउनुभयो ।

