महिला भलिबल च्याम्पियनसिप: नेपाल उपाधि हाेडबाट आउट

काठमाडौं: नेपाल टाेली माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ।

आज सम्पन्न सेमिफाइनल खेलमा कीर्गिस्तानसँग पराजित भएसंगै नेपाल उपाधि हाेडबाट बाहिरिएको हाे।

नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयाे।  
खराब प्रदर्शन गरेकाे नेपाल २५-१४, २५-२२ र २५-१३ ले पराजित भयो।
अब नेपालले मंगलबार तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ।
उपाधिका लागि कीर्गिस्तान र श्रीलंका भिड्नेछन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!