भारत एक खेल अगावै एसिया कपकाे सेमिफाइनलमा

काठमाडौं: भारत महिला एसिया कप टि-२० क्रिकेटकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। लगातार दोस्रो जित हासिल गरेर भारत एक खेल अगावै अन्तिम चारमा सुरक्षित भएकाे हाे।
सेमिफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा आइतबार सम्पन्न समूह ए अन्तरगतको खेलमा भारतले यूएईलाई ७८ रनले विजयी भयाे।
यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई स्तब्ध पारेको थियो ।

भारतले दिएकाे २ सय २ रनको लक्ष्य पछ्याएकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २३ रन बनाउन सक्यो । उसका काभिसा एगोडेजले अविजित ४० रन बनाएपनि टाेलीलाई जिताउन सकिनन्।
भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट झारिन् ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । जसमा कप्तान हरमनप्रित कौरले सर्वाधिक ६६ रनकाे याेगदान गरिन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!