बैतडीमा आगलागी

बैतडी:बैतडीमा आगलागी भएको छ।
जिल्लाकाे सुर्नया गाउँपालिका ३ डुङ्ग्री बस्ने हिक्मत ऐरीको ढुङ्गा माटो र काठले बनेको दुई तले घरको गोठमा आगलागी भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मृत्यु भएको, काठ, खर लगायतका सामानहरु गरी एकलाख २० हजार बराबरकाे क्षति भएकाे हाे।

आगलागीबाट मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!