विश्वकप जित्न दक्षिण अफ्रिकालाई १७७ रनको चुनाैती

काठमाडौं: आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जित्न दक्षिण अफ्रिकाले १ सय ७७ रनको लक्ष्य पाएको छ ।

बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो ।

भारतका विराट कोहलीले सर्वाधिक ७६ र अक्षर पटेल ४७ रन बनाए ।

दक्षिण अफ्रिकाका केशव महाराजले २, एनरिच नोर्कियाले २ , कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!