श्रीकोट क्याम्पसले तीज विषेश अन्तर मावि सांस्कृतिक कार्यक्रम गर्दै

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा तीज विषेश अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मौलिक संस्कृति जगेर्ना गर्नको लागि श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा हुने नृत्य प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरुको सहभागिता रहनेछ ।

हिन्दु महिलाहरुको मुख्य पर्वको हरितालिका तीजको अवसरमा भदौ २७ र २८ गते हुने प्रतियोगिता क्याम्पसको प्रांगणमा सञ्चालन हुनेछ ।

मौलिक संस्कृति झल्कने गीत तथा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने विद्यालयलाई प्राथमिकता दिइनेछ ।

उत्कृष्ट छनौटका लागि निर्णायक मण्डल गठन गरिनेछ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै द्वितीय पुरुस्कार १५ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रममा त्य प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि रहने श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नविन कपाडीले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने क्याम्पसले जनाएको छ।

यो कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

श्रीकोट बहुमुखी क्याम्पसले गत वर्षदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय तीज प्रतियोगिता गर्दै आएको छ ।

गत वर्ष बेताल मावि गोरङ प्रथम भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!