महिला टी–२० एशिया कपको तालिका सार्वजनिक

काठमाडौं: यूएईको दुबईमा हुने तय भएको महिला टी–२० एशिया कपको तालिका सार्वजनिक छ ।

एशियाली क्रिकेट परिषद् एसीसीका अनुसार प्रतियोगिता अगस्ट २८ देखि शुरू हुनेछ ।

८ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका हङकङ र थाइल्यान्डबीच हुनेछ । यस्तै भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर ५ मा हुनेछ ।

महिला एशिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, थाइल्यान्ड र हङकङ रहेका छन् । समूह ‘बी’ मा साविक विजेता श्रीलङ्का, बङ्गलादेश, आयोजक यूएई र इन्डोनेशिया रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलहरू सेप्टेम्बर १० र ११ मा हुनेछन् ।

फाइनल खेल सेप्टेम्बर १३ मा हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!