धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले शहीद शहीदचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा अन्य कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ ।
यो निर्णयले विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु गर्न सहज हुने बताइएको छ ।
