सुदूरपश्चिम उपविजेतामै सीमित,मधेस च्याम्पियन

काठमाडौं: सुर्खेतमा सम्पन्न वाई वाई यू-१९ महिला राष्ट्रिय किकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेश प्रदेश च्याम्पियन भएको छ ।
फाइनल खेलमा मधेशले सुदूरपश्चिमलाई सुपर ओभरमा पराजित गरेको हो । सुदूरपश्चिमले सुपर ओभरमा दिएको १६ रनको लक्ष्य पूरा गर्दै जित हात पारेको हो । मधेशलाई सुपर ओभरमा जित दिलाउनेक्रममा साना प्रविनले एक्लैले १५ रन बनाइन् ।
त्यसअघि मधेशले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि रविना धामीले ३१ बलमा ३ चौकाको सहयोगमा ३८ रनको सर्वाधिक ठूलो इनिङ्स खेलिन् । ओपनर करुणा बिष्ट ३६, जयन्ती भण्डारी र रेश्मी सुनार समान १९ तथा मनिषा चौधरी १० रनमा आउट भइन् ।
मधेशका लागि प्रतिमा शाह र आरती महतोले समान २ तथा मिना महतोले १ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो ।
मधेशका लागि साना प्रविनले ६० बलमा १० चौकाको सहयोगमा ६० रनको अविजित अर्धशतकीय इनिङ खेलिन् । कप्तान अलिशा यादव २६ तथा प्रतिमा शाह १४ रनमा आउट भए । सुदूरपश्चिमका लागि कप्तान सावित्री धामी र स्नेहा महराले समान १ विकेट आफ्नो नाममा गरे । 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!