काभा महिला भलिबल: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ : राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो । जितसँगै तीन खेल खेलेको नेपालको सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।
त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको पाँच अङ्क छ ।
यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अङ्क छ भने माल्दिभ्स अङ्कविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!