सशस्त्र प्रहरीद्वारा सुदूरपश्चिममा विपद् उद्धार बेस स्थापना

सुदूरपश्चिम: सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेश स्थापना गरेको जनाएको छ ।

आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेसहरु स्थापना गरिएको निमित्त बाहिनीपति सुवेदीको भनाइ छ । कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाउँपालिका–५, खानीडाँडा गरी दुई स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, टासी, बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाच र बैतडीको सदरमुकाम गरी कुल आठ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरेको मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा ११ गोताखोर र २७५ विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विपद् उद्धारको काममा प्रभावकारी परिचालनका लागि समानुपातिक रुपमा सबै जिल्लामा तैनाथ गरिएको निमित्त बाहिनीपति सुवेदीले बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!