बैतडी: यहाँ यू-१९ जिल्लास्तरीय पुरूष क्रिकेट प्रतियोगिताकाे तयारी भएकाे छ।
बैतडी जिल्ला क्रिकेट संघमा आवद्ध क्लब र यहाँका १० वटै स्थानीय तहका खेलाडी सहभागी हुने गरि प्रतियोगिताकाे तयारी थालिएको हाे।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि नाम दर्ता खुल्ला गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।
दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीले वैशाख १८ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ।
खेलाडीले नाम दर्ता गराउँदा उमेर खुल्ने कागजपत्र पेस गर्नुपर्ने जनाएको छ।
नाम दर्ता गराउने खेलाडीलाई वैशाख १९ गते सम्पर्क गर्न मिति ताेकिएकाे त्यसपश्चात प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिनेछ ।
जिल्लास्तरमा राम्राे प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताकाे लागि छनाेट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयो ।
नेपाल क्रिकेट संघकाे वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता हुन लागेकाे हाे।
हेर्नुस्:-सूचना र दर्ता फारम


