काठमाडौं: सुदूरपश्चिम प्रदेश पहिलोपल्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार मधेश प्रदेश विभागीय टोली एपीएफ क्लबसँग ७४ रनले पराजित भएसँगै सुदूरपश्चिमले इतिहास रच्दै फाइनलमा स्थान बनाएको हो।
योसँगै सुदूरपश्चिमले उपाधिका लागि अपराजित रहेको आर्मीसँग खेल्ने भएको छ।
आर्मी एक खेल बाँकी रहँदा १५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरिसकेको छ। आर्मीले लिग चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्नेछ।
सुदूरपश्चिमले भने ९ खेलबाट १२ अंक बटुल्यो।
लिग चरणमा सुदूरपश्चिम आर्मीसँग ४५ रनले पराजित भएको थियो।
सुदूरपश्चिम यसपटक लगातार राम्रो प्रदर्शन गर्दै आएको छ।
