बैतडी: सशस्त्र प्रहरी बलले बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ ।
जिल्लाकाे पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो । ।
आज बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको हाे ।
बरामद गरिएको समानमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामग्री रहेकाे छ।
साथै सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।
