बैतडीमा एसईईका लागि २६ ओटा परीक्षा केन्द्र निर्धारण

बैतडी: बैतडीमा यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताउनुभयो ।

यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी सहभागी हुनेछन् । बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा विद्यालयका परीक्षार्थीहरुले एसईईमा सहभागिता जनाउनेछन् ।
यही चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि यहाँ २६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सातओटा प्राविधिक विद्यालयका परीक्षार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र तोकिएको छ ।

एसईई परीक्षालाई मार्यादित हिसाबले सम्पन्न गर्नका लागि तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!