प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम जिल्ला छनाेट माघ ११ सम्म सक्नुपर्ने

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटकाे सुदूरपश्चिम छनाेट प्रतियोगिता आजदेखि सञ्चालन गर्न निर्देशन दिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनाेट प्रतियोगिता आज पुस २५ देखि माघ ११ गतेसम्म सक्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हाे।

माघ ११ गते भित्र आ-आफ्नो जिल्लाहरु‌मा टिम छनौट प्रतियोगीताहरु सम्पन्न गरी जिल्ला टिमको नामावली उपलब्ध गराईदिन हुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
जिल्ला छनौट प्रतियोगितामा कम्तीमा ४ टीमहरु समावेस गरी १ टीमले ३ खेल खेल्नु पर्ने, प्रतियोगीता ५० ओभरको खेलाउनु पर्ने,सहभागी खेलाडीहरुले अनिवार्य रुपमा दर्ता फारम भरी फोटो समेत टास्नुपर्ने जनाएको छ ।

यस्तै छनौट खेलहरुको अनलाइन स्कोर https://cricclubs.com/Nepal मा अनिवार्य रुपमा राख्नुपर्ने, प्रतियोगीताको खेल तालीका, सहभागी खेलाडीहरु सहित टिमको नामावली, म्याच रिर्पोट, स्कोर सिट, प्रतियोगिताको फोटोहरु सहित प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघमा उपलब्ध गराउनुपर्नेछ ।

सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक ८ जिल्ला नेपाल क्रिकेट संघमा आवद्ध रहेका छन्।
जिल्ला छनाेटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत्र १४ गते देखी बैशाख ५ गते सम्म सञ्चालन गर्ने गरी कार्यक्रम तय भएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!