माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

बैतडी:माटोको ढिस्कोले पुरिएर बैतडीकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ सिमारकी २४ बर्षीया झुपा राना रहेकी छन्।

डिलाशैनी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुबीर बोहराका अनुसार आफ्नो घरदेखि १ किलोमिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड भन्ने स्थानमा घर लिपपोतका लागि माटो खन्न गएकी राना माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन् । 

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हाे । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!