नेकपा बैतडीद्वारा भट्ट र कुँवरको नाम सिफारिश

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीबाट उम्मेदवारमा दुई जनाको नाम सिफारिश गरेको छ ।

उम्मेदवार सिफारिश जिल्ला कार्यदलले परमानन्द भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम केन्द्रमा सिफारिश गरेको जिल्ला कार्यदलका सदस्य शंकर भण्डारीले बताउनुभयो ।

भट्ट यसअघि एकीकृत समाजवादी र कुँवर नेकपा माओवादी केन्द्रमा आवद्ध रहनुभएको थियो ।

पार्टी एकतापछि बनेको नेकपाले भट्ट र कुँवरको नाम सिफारिश गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार छनौट गर्न नरेन्द्र कुँवर, माया भट्ट, शंकर भण्डारी र लालसिंह कार्की रहेको चार सदस्यीय जिल्ला कार्यदल बनाइएको थियो । उक्त कार्यदलले आज दुई जनाको नाम सिफारिश गरेको हो ।

अब केन्द्रले जिल्लामा एकजनालाई उम्मेदवार बनाउने र त्यसपछि पार्टीको चुनावी गतिविधि अगाडि बढाउने तयारी रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!