मिनि ट्रक दुर्घटना चालकको घटनास्थलमै मृत्यु

बैतडी: बैतडीमा मिनि ट्रक दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सतबाँज-श्रीभावर सडक अन्र्तरगत भित्री कच्चि सडकमा सुर्नया ४ संन्सेरमाण्डौ देखि धनगढी जादै गरेको भे। १ ख। १६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका वडा न। ५ स्थीत कठेगौणा भन्ने ठाउँमा बिहिबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले बताउनुभयो ।

ट्रक चालक सुर्नया ४ कौलाडी बस्ने अन्दाजी २८–२९ वर्षका नरेश महराको मृत्यु भएको हो । ट्रक सडक बाट ५० – ६० मिटर तल सुर्नया नदिमा खसेको छ

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!