बैतडीमा टी-१० भेट्रान क्रिकेट: आयाेजक सेमिफाइनलमा प्रवेश

बैतडी:बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगितामा आयाेजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेकाे छ।
आज सम्पन्न सुपर-८ काे पहिलाे खेलमा कैलपाल क्रिकेट क्लबमाथि १०९ रनकाे सानदार जित दर्ता गर्दै आयाेजक सेमिफाइनलमा सुरक्षित भएको हाे।

आयाेजकले दिएकाे १९३ रनकाे लक्ष्य पछ्याएकाे कैलपाल ९.४ ओभरमा ८३ रनमा अलआउट भयाे। उसका विनाेद पाण्डेले १८ तथा पिताम्बर जाेशीले १२ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न नसक्दा कैलपाल बाहिरिएकाे छ।
आयाेजकका लागि ईश्वर पन्तले ३,यज्ञराज भट्टले २,विनाेद विष्ट र दीपक बाेहराले १/१ विकेट हात पारे।

यसअघि निङलाशैनी खेलमैदान देहिमाडाैंमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे आयाेजकले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १९२ रन बनायाे।
जसमा दीपक बाेहराले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका दीपक ८९ रनमा अविजित रहेका स्काेरर भास्कर बाेहराले जानकारी दिनुभयाे।
कैलपालका विनाेद पाण्डेले २ विकेट लिए।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।

प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।

यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।

प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!