अन्तरमावि तीज नृत्य प्रतियोगिता: गोरङ्ग पहिलो, श्रीकाेट दाेस्राे

बैतडी: हरितालिका तीजको अवसरमा बैतडीको दाेगडाकेदारस्थित श्रीकोट बहुमुखी क्याम्पसले आयोजना गरेकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
सांस्कृतिक कार्यक्रममा सञ्चालन गरिएको अन्तर माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बेताल माध्यमिक विद्यालय गोरङ्गले पहिलो स्थान हात पारेको छ।
गोरङ्ग गत वर्ष पनि पहिलाे भएकाे थियाे।

प्रथम स्थान प्राप्त गरेसंगै गोरङ्गले नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको श्रीकाेट बहुमुखी क्याम्पसका प्राध्यापक दीपक जाेशीले जानकारी दिनुभयाे।

यस्तै सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट भएकाे छ। उसले नगद १५ हजार सहित प्रमाणपत्र पायाे।

प्रतियोगितामा तेस्रो भएको रौलेश्वर माध्यमिक विद्यालय कालागाउँले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ।

सान्त्वना स्थानमा चित्त बुझाएको रौलेश्वर माध्यमिक विद्यालय कफलकोटलाई नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरियाे।

धर्मानन्द भट्ट,गंगा शर्मा र रामी ओडसहित ३ जनाकाे निर्णायक मण्डल रहेकाे र निर्णायक मण्डलले गरेकाे मूल्यांकनकाे आधारमा विजेता घाेषणा गरिएको जनाएको छ।

विजेता टाेलीहरूलाई दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की,क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष घनश्याम भट्ट,क्याम्पस प्रमुख दानसिंह कार्कीलगायतले पुरस्कार वितरण गर्नुभयाे।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मिडिया पार्टनरका रुपमा कुशल खबर र उदाउने मिडिया रहेका थिए ।

कार्यक्रममा दोगडाकेदार गाउँपालिका भित्र रहेका ११ वटा विद्यालयकाे सहभागिता रहेको थियो।

श्रीकोट बहुमुखी क्याम्पसले गत वर्षदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय तीज प्रतियोगिता गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!