सुदूरपश्चिममा दुई महिनामा मन्त्रिपरिषद् विस्तार,बैतडीका पाल आर्थिक मामिलामन्त्री

बैतडी: सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा पूर्णता पाउदैछ । यसअघि सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउदै मन्त्रीमण्डल विस्तार भएसंगै सरकारले पुर्णता पाउन लागेकाे हो।
गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घबहादुर सोडारीले सोडारीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभयाे।

नयाँ थपिनेमा एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको छ ।

यस्तै पाँच जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त विना विभागीय मन्त्री बन्नुभएकाे हाे ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गर्नुभएको थियोे ।

मन्त्री सिफारिसको विषयमा माओबादीभित्र विवाद देखिएको छ भने मन्त्रालय फुटाएकोमा नाउपाले असहमति जनाएको बताइएको छ ।
यसअघि एमालेले पनि सरकारमा नजाने बताउदै आएको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!