कांग्रेस दाेगडाकेदारले साउन १३ देखि वडा-वडामा प्रशिक्षण कार्यक्रम गर्दै

बैतडी: नेपाली कांग्रेसले बैतडीको दाेगडाकेदार गाउँपालिकाका वडा-वडामा प्रशिक्षण कार्यक्रम गर्ने भएकाे छ।

पार्टी कार्यालयमा खिरेगाउँमा आज बसेकाे गाउँ कार्य सम्पादन समितिकाे बैठकले यही साउन १३ गतेदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे हाे।

प्रशिक्षण कार्यक्रम पालिकाका आठवटै वडामा सञ्चालन हुने नेपाली कांग्रेस दाेगडाकेदार गाउँकार्यसमिति काेषाध्यक्ष मानसिंह विष्टले जानकारी दिनुभयाे।

साउन १३ गते दाेगडाकेदार गाउँपालिका २ कमलपुर बडियामा, साउन १४ गते वडानम्बर ८ कटाैजपानी, साउन १५ गते वडा नम्बर १ रिममा,साउन १६ गते वडा नम्बर ६ सित्तड,साउन १७ गते वडा नम्बर ५ न्वालीमा प्रशिक्षण सञ्चालन हुनेछ।

यस्तै साउन १८ गते वडा नम्बर ४ श्रीकेदार,साउन १९ गते वडा नम्बर वडा नम्बर ३ श्रीकाेट र साउन २० गते वडा नम्बर ७ देउलेकमा प्रशिक्षण सञ्चालन हुने कांग्रेस दाेगडाकेदार गाउँकार्यसमिति सभापति नन्दराज भट्टले बताउनुभयो ।

नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्टकाे संयाेजकत्वमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।

प्रशिक्षण कार्यक्रममा उपस्थितिका लागि नेपाली कांग्रेससंग आवद्ध सम्पूर्ण पालिकाबासीलाई अनुराेध गरिएको छ।

प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का,सुदृढीकरण र संगठन बिस्तारमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Oplus_131072

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!