एनपीएल अक्सन साउन २४ गते,४५८खेलाडीकाे नाम दर्ता

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)काे आयाेजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।

अक्सनमा सहभागी हुन कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराएका नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयाे।

दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइने जनाएको छ। त्यसपश्चात प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।

यसअघि आठ वटै टोलीले आ-आफ्ना रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
पहिलाे संस्करणको उपाधि सुदूरपश्चिम राेयल्सलाई पराजित गर्दै जनकपुर बाेल्ट्सले जितेको थियोे ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!