एसईई ग्रेड वृद्धि परीक्षाका लागि बैतडीमा सातओटा केन्द्र ताेकिए

बैतडी: माध्यमिक शिक्षा परिक्षा एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा सातओटा केन्द्र निर्धारण गरिएका छन् । 

यही साउन २९ गतेदेखि सञ्चालन हुने जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि जिल्लाभरी साताओटा केन्द्र निर्धारण गरेको हाे।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा ननग्रेड आएका र अनुपस्थित भएका परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । 

बैतडीमा ग्रेड वृद्धि परीक्षाका लागि विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, अर्जुन मावि गाँजरी, नागार्जुन मावि शर्माली,सेटीगाउँ मावि ककरपाखा र डिलेश्वरी मावि हाटलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयाे। 

बैतडीमा सामुदायिक १ सय २७ र संस्थागत २ ओटा गरेर १ सय २९ ओटा विद्यालयका १ हजार ९ सय ५२ जना परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 

जिल्लाका १ सय ३३ ओटा सामुदायिक र ४ ओटा संस्थागत गरेर १ सय ३७ ओटा विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षामा सहभागिता जनाएका थिए । ती मध्ये ६ ओटा सामुदायिक र २ ओटा संस्थागत गरी ८ ओटा विद्यालयका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा सहभागी भएका ४ हजार २ सय १८ जना परीक्षार्थीमध्ये २ हजार २ सय ६ अर्थात ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!