बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनुभएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका घर भएका नरेशराज जोशी दोगडाकेदार गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनुभएको हाे ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमबार गाउँपालिकामा स्वागत समेत गरिएको गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताउनुभयाे। गाउँपालिकामा हाजिर भएका जाेशीलाई गाउँपालिकाका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की अन्य जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गर्नुभयाे।
स्वागत कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले नयाँ प्रशासकीय अधिकृत आइसकेपछि सुशासनलगायतका कुरामा थप सुधार हुने विश्वास व्यक्त गर्नुभयाे।
यस्तै नयाँ प्रशासकीय अधिकृत जाेशीले सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयाे।
जोशीलाई केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।
जाेशीले आजै कार्यभार समेत सम्हाल्नुभएकाे छ।


