सीता सिंह– बैतडी:द्वारिकादेवी ठकुरानी यू- १९ महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताकाे लागि बैतडीकाे टाेली घाेषणा गरिएको छ।
जानकी थापाकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।
कप्तानमा जानकीसंगै उपकप्तानमा करिश्मा थापा,विकेटकिपरमा ममता बाेहरा रहेका छन्।
टाेलीका अन्य सदस्यहरूमा रबिना बाेहरा, पुनम मल्ल, तनुजा भण्डारी, रेश्मा विष्ट, सिमरन विष्ट, युविका भण्डारी, वर्षा भण्डारी,साेनिका ठगुन्ना,अमृता विष्ट, आकृति भण्डारी र आयुश्मा चन्द रहेका छन्।
टिम प्रशिक्षकमा रितु कनाैजिया र व्यवस्थापकमा दीपेन्द्र बहादुर बाेहरा रहेका छन्।
सुदूरपश्चिम खेलकुद परिषद्काे आयाेजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा यही असार १२ गतेदेखि फाप्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा प्रदेशका आठ जिल्लाकाे टाेलीकाे सहभागीता रहनेछ ।
बैतडीको पहिलाे खेल दार्चुलासँग असार १५ गते रहेकाे छ।
प्रतियोगिताकाे फाइनल भिडन्त असार १९ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो ।
प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख, द्वितीयलाई १ लाख पुरस्कार दिइनेछ।
