एनपिएल:सुदूरपश्चिम रोयल्सद्वारा खेलाडी रिटेन र रिलिज

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागिका टिमहरूले खेलाडी रिटेन र रिलिज सार्वजनिक गर्न थालेका छन्।

साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ।

रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको छ।
टोलीले यसपटक विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि कायम राखको छ।
रिलिज खेलाडीहरूमा अर्जुन कुमाल,नरेश बुढाथोकी,खडक बहादुर बोहरा,भोजराज भट्ट,अमित श्रेष्ठ र वसन्त खत्री रहेका छन् ।
पहिलो सिजनमा सुदूरपश्चिम उपविजेता बनेकाे थियाे। फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस्सँग पराजित भएको थियो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!