काठमाडौं:अमेरिकामा जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ ।
नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । यसैबीच नेपालले पहिले ब्याटिङ गर्दै १०७ रनकाे लक्ष्य दिएको छ।
टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन बनायाे।
जसमा कप्तान राेहित पाैडेलले सर्वाधिक ३५ रन बनाए।
नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।
