काठमाडौं: अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले खराब रेकर्ड कायम गरेकाे छ। विश्वकप इतिहासमै सबैभन्दा कम स्काेर ७७ रनमा समेटिएको श्रीलंकाका लागि खराब रेकर्ड बनेकाे हाे।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको हाे। १९.१ ओभरमा टोली ७७ रनमा सीमित भयाे ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १९ र एन्जेलो म्याथ्युजले १६ रन जोडे ।
श्रीलंकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४,केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।
७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पूरा गर्याे ।
दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।
