काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) काे प्लेअफ पुगेको गुजरात टाइटन्स लिग चरणबाटै बाहिरिएको लखनउ सुपर जाइन्ट्ससंग पराजित भएको छ।
गएराति सम्पन्न खेलमा लखनउले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको हाे।
जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो।
ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो।
विशाल लक्ष्य पछाएको गुजरातलाई ठूलो साझेदारी जरुरी थियो। शेफने रूदरफोर्ड र साहरुख खानले चौथो विकेटको लागि ८६ रनको साझेदारी गरे।
रूदरफोर्ड ३८ रनमा र साहरुख २९ बलमा ५७ रन जोडेर आउट भए। त्यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।
बलिङमा विल ओले ३ विकेट लिए। यस्तै आभेस खान र आयुषले २/२ विकेट लिए।
त्यसअघि अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो।
लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे।
मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९.५ ओभरमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।
यसपछि मिचेललाई निकोलस पुरनले साथ दिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।
मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। उनले १० चौका र ८ छक्का प्रहार गरे।
पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे।
बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १/१ विकेट लिए।
हारपछि पनि गुजरात शिर्ष स्थानमा कायम छ। बाहिरिसकेकाे लखनउकाे १२ अंक पुगेको छ।

