बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज सम्पन्न लिग चरणको खेलबाट धनगढी नमूना स्कुल अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
धनगढी नमूना समूह डी को विजेता बन्दै सेमिफाइनलमा सुरक्षित भयो ।
धनगढीले अन्तिम खेलमा चैतन्य पाठशालामाथि ७६ रनको जित दर्ता गर्यो ।
जितका लागि पाएको १४५ रनको लक्ष्य पछ्याएको चैतन्य ११ दशमलब ४ ओभरमा ६८ रनमा समेटियो ।
फाप्ला क्रिकेट मैदानमा यसअघि पहिला ब्याटिंग गरेको धनगढीले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४४ रन बनायो ।
यसअघि समूह ए बाट जेसिस एभरेष्ट इङलिस स्कुल, समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
प्रतियोगिताका सेमिफाइनल खेल भोलि हुनेछन् ।
पहिलो सेमिफाइन खेलमा जेसिस र वेस्टर्न भिड्दा दोस्रोमा मणिलेक र धनगढी नमूना प्रतिस्प्रर्धा गर्नेछन् ।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
