काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ। वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकाताको स्थिति झनै कमजोर बनाएको हो।
खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन्। तर कोलकाताका लागि यो नतिजा पर्याप्त बनेन। कोलकातालाई प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाब थियो ।
यता बैङ्गलोरका लागि प्लेअफमा पुगेको छ । आगामी खेलहरू जितेमा शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायमै छ ।
बैङ्गलोर १७ अंकका साथ शिर्ष स्थानमा पुग्याे। काेलकाताकाे १२ अंक पुगेपनि प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।

