विश्वकप छनोट: नेपालले बहराइनलाई हरायो,सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं: नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको छ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल डिएसएस मेथर्डमार्फत ६ विकेटले विजयी भएको हो।

बहराइनले दिएको ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५।४ ओभरमा चार विकेट गुमाउँदै ५६ रन बनाएको थियो। तर, वर्षाको कारण खेल अगाडि बढ्न नसकेपछि नेपाल ६ विकेटले विजयी भएको हो।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक २४ रन बनाइन्। अविजित रहेकी उनले सात बलमा चार चौका र एक छक्का प्रहार गरिन्। उपकप्तान पूजा महतो १३ रनमा आउट भइन्।

बहराइनकी प्रवित्रा सेठ्ठीले सर्वाधिक तीन विकेट लिइन्।

योसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ।

यस जितले नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ । बहराइनको ३ खेलमा १ अंक छ ।

अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् ।

उक्त खेलमा हङकङ पराजित भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।

वर्षाले खेल हुन नसकेपनि नेपाल बढी जितको आधारमा अघि बढ्नेछ ।

प्रतियोगिताको नियम अनुसार समान अंक भए बढी जित दर्ता गर्ने टिम अघि बढ्नेछ ।

नेपालले २ खेलमा जित दर्ता गर्दा हङकङले १ जित मात्र दर्ता गरेको छ ।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो ।

हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् ।

सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!