आईपीएल क्रिकेट अनिश्चितकालका लागि स्थगित

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन अनिश्चितकालका लागि स्थगित भएको छ ।

बीसीसीआईकाे बैठकले भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो ।

त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

स्थगित आइपीएल अब कहिले हुन्छ भन्ने अनिश्चित छ।

आईपीएलको याे १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ ।

जारी सिजनमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अंक तालिकामा क्रमशः पहिलाे र दाेस्राे स्थानमा थिए।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!