विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं: महिला टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो खेल हङकङसँग खेल्दैछ।

उक्त खेल थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा अहिले बिहान ८ः४५ बजेदेखि सुरू हुनेछ ।

टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

याे छनोट प्रतियोगितामा नेपालसंगै आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ ।
सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ ।

नेपालले यसपछि वैशाख २७ गते बहराइन,वैशाख ३० गते हङकङ, जेठ १ गते पुनः बहराइनसंग खेल्नेछ ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो , बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा र ईश्वरी विष्ट रहेका छन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!