काठमाडौं: दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)काे प्लेअफ नजिक पुगेको छ।
दिल्लीले दिएकाे १ सय ६३ रनको मध्यम लक्ष्य बैंगलुरुले ४ विकेटको क्षतिमा पूरा गर्याे।
बैंगलुरुले १० खेलबाट १४ अंक जाेड्दै शिर्ष स्थानमा उक्लिएकाे छ। बैंगलुरु प्लेअफ नजिक समेत पुगेको छ।
बैंगलुरुकाे जितमा विराट काेहली र कुणाल पाण्डेयाले अर्धशतकीय पारी खेले। काेहली र पाण्डेयाले सतकीय साझेदारी पनि गरे। पाण्डेया ७३ रनमा अविजित रहे भने काेहलीले ५१ रन बनाए।
यसअघि टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनायाे।
जसमा केएल राहुलले सर्वाधिक ४१ रन बनाए।
ओपनर अभिषेक पोरेलले २८ , अर्का ओपनर फाफ डु प्लिसिसले २१ रन जोडे ।
आरसिबीका भुवनेश्वर कुमारले ३, जोस हेजलेवडले २ विकेट लिए ।

