काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ।
पन्जाब किंग्सले दिएकाे २०२ रनकाे लक्ष्य पछ्याउँदै गरेकाे काेलकाताले १ ओभरमा ७ रन बनाएकाे अवस्थामा पानी परेपछि खेल रद्द भएको हाे।
खेल रद्द भएसंगै दुबै टाेलीले अंक बाँडेका छन्।
यससंगै ९ खेलबाट ११ अंकका साथ पन्जाब चाैथाे स्थानमा पुग्दा समान ९ खेलबाटै ७ अंक जाेडेकाे काेलकत्ता साताैं स्थानमा छ।
यसअघि ओपनर प्रियांस एय्यर र प्रभश्रीमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई २ सय २ रनको लक्ष्य दिएको थियोे ।
टस जितेर पन्जाबले ब्याटिङ रोजेकोमा ४ विकेटको नोक्सानीमा २ सय १ रन बनायाे । प्रियांसले ६९ र प्रभश्रीमनले सर्वाधिक ८३ रन बनाए । ४ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको छ।

