विश्वकप छनाेट खेल्ने नेपाली अन्तिम टाेली सार्वजनिक

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

क्यानले शुक्रबार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो। टोलीको उपकप्तानी भने पूजा महतोले गर्ने भएकी छन्।

टोलीमा इन्दु र पूजासंगै रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जाेशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा पनि अटाएकी छन्।

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मे मा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ।
हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!