बैतडी:वाई वाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैट जेठ २० गतेदेखि शुरु हुने भएकाे छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार डडेल्धुराकाे परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा सञ्चालन हुनेछ।
एकदिवसीय फरम्याट खेलाइने प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
जेठ २० देखि हुने प्रदेश छनाैटकाे खेलतालिका पनि सार्वजनिक भएकाे छ। सार्वजनिक तालिकाअनुसार सहभागी हुने टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा डडेल्धुरा,डाेटी,दार्चुला र बैतडी तथा
समूह बी मा कञ्चनपुर,बझाङ,अछाम र कैलाली रहेका छन्।
समूह ए बाट जेठ २० गते उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन् ।
जेठ २१ गते दार्चुला र बैतडी,जेठ २२ गते डाेटी र बैतडी,जेठ २३ गते डाेटी र दार्चुला, जेठ २४ डडेल्धुरा र बैतडी,जेठ २५ गते डडेल्धुरा र डाेटी प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै समूह बी बाट जेठ २६ गते अछाम र बझाङ, जेठ २७ गते अछाम कैलाली,जेठ २८ गते कञ्चनपुर र बझाङ, जेठ २९ गते अछाम र कञ्चनपुर, जेठ ३० गते बझाङ र कैलाली, जेठ ३१ गते कञ्चनपुर र कैलालीबीच खेल हुनेछ ।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघले जनाएको छ।
प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

