काठमाडौं: कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने भएकाे छ। वैशाख ११ गतेदेखि तय भएको उक्त परीक्षा शिक्षक आन्दोलनका कारण धकेलिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न बोर्डलाई निर्देशन दिनुभएको थियाे।
शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।
देशभरका शिक्षकहरू ३ हप्तादेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका छन्।
