स्कुल बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु

बैतडी: स्कुल बसको ढोकाबाट खसेर शनिबार बैतडीमा एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका ४ कपिन्नाका २८ वर्षिय शिक्षक विष्णु राज भट्ट रहेका छन् ।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्ग अन्र्तगत डिलासैनी गाउँपालिका ६ बांगाबगर पुग्दा साँझ साढे ५ बजेतिर स्कुल बसको ढोकाबाट खसेर शिक्षक भट्ट गम्भीर घाइते हुनुभएको थियो ।

घाइते भट्टको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो ।

मृतकको शव गोकुलेश्वर अस्पतालमै रहेको छ ।

घटनापश्चात स्कुल बस र चालक दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का ६० वर्षिय उत्तर सिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक शिक्षक चौलानी बोर्डिङ स्कुलमा गणित शिक्षकको रुपमा कार्यरत रहनुभएको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!