विज्ञापन संघकाे अध्यक्षमा काेइराला,चन्द्रकान्त सह-कोषाध्यक्षमा निर्विरोध

काठमाडौं:राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो महाधिवेशनबाट प्रदीप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मिडिया शोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संघको अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्वितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रा.लि.का नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सह–कोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए ।

सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!