पत्रकार हत्या र मिडियाहाउस ताेडफाेडकाे बैतडीमा विरोध

बैतडी: काठमाडौंमा भएकाे प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा बैतडी जिल्लामा शोक सभा र विरोध प्रदर्शन गरिएको छ। पत्रकार महासंघ शाखा बैतडीको आयोजनामा विरोध र्याली प्रशासन अगाडि गढी चोकमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा बैतडी शाखाका अध्यक्ष नरि बडुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गर्नुभयाे। पत्रकार सुरेश रजकमाथि गरिएको आक्रमणलाई नियोजित हमला भएको आरोप लगाउँदै, यसले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मुल्य मान्यतामा गम्भीर खतरा उत्पन्न गरेको उहाँले बताउनुभयो।

नेपाल प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले पत्रकारहरूमाथि भइरहेका आक्रमणलाई लोकतान्त्रिक मुल्य र स्वतन्त्र प्रेसमाथि खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयाे। पत्रकारहरू जनताको आवाज रहेकाे बताउदै अध्यक्ष अवस्थीले पत्रकारमाथिकाे आक्रमण सम्पूर्ण समाजमाथिकाे आक्रमण भएकाे संज्ञा दिनुभयो ।

काठमाण्डौको तिनकुनेमा राजावादी पक्षधरले गरेकाे एक घरमा गरेकाे आगजनीमा परेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको जलेर मृत्यु भएको थियोे ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!