दाेगडाकेदार-३ श्रीकाेट पूर्ण संस्थागत सुत्केरी घाेषणा

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका-३ श्रीकाेटलाई पूर्ण संस्थागत सुत्केरी घाेषणाा गरिएको छ। आज एक कार्यक्रम गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घाेषणा गरिएको श्रीकाेट स्वास्थ्यचाैकीका प्रमुख वीरसिंह भाटले जानकारी दिनुभयाे ।

गत आवमा गर्भवती रहेका ७५ र यस वर्ष ५५ जना गर्भवती रहेकामा सबै स्वास्थ्यसंस्थामै सुत्केरी भएपछि घाेषणा गरिएको हाे । अगामी दिनमा पनि घरमा हुने सुत्केरी शुन्यलाई निरन्तरता दिइने प्रमुख भाटले बताउनुभयाे।
यसका साथै श्रीकाेटलाई पूर्ण सुपाेषित घाेषणाकाे तयारी रहेकाे छ।
श्रीकाेटसंगै दाेगडाकेदारका ६ वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घाेषणा भइसकेका दाेगडाकेदार गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयाे।
वडा नं १ रिम र वडा नं २ कमलपुरलाई निकट भविष्यमै पुर्ण संस्थागत सुत्केरी घाेषणा गरिने प्रमुख नाथले बताउनुभयो।
गाउँपालिकालाई अगामी वर्ष पुर्ण संस्थागत सुत्केरी घाेषणा गर्ने लक्ष्य रहेकाे जनाएको छ।

कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले आमा र बच्चाकाे स्वास्थ्यका लागि गाउँपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेकाे र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ” गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु काेष स्थापना गरेका छाैं। उपाध्यक्षकाे काेसेली पनि सञ्चालनमा छ।”
घाेषणा कार्यक्रममा बाेल्दै दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे बताउनुभयाे।
दाेगडाकेदार गाउँपालिका ३ का वडाध्यक्ष तथा स्वास्थ्यचाैकी व्यवस्थापन समितिका अध्यक्ष कालुराम भुलकाे अध्यक्षतामा सम्पन्न घाेषणा सभामा प्रमुख अतिथि दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की रहनुभएकाे थियो ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की,प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामी, स्वास्थ्यकर्मी, शिक्षक,महिला स्वास्थ्यस्वयंसेविका,राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासिन्दालगायतकाे सहभागीता रहेकाे थियाे।

घाेषणासभामा पूर्ण संस्थागत सुत्केरी घाेषणा गर्न सहयाेग गर्ने विभिन्न व्यक्तिलाई सम्मान र सचेतनामूलक सांस्कृतिक कार्यक्रम पनि गरिएका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!