बैतडी: बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दाेगडाकेदार गाउँपालिकाकाे टिमले अनुशासितकाे उपाधि हात पारेको छ।
जिल्लाकाे नाै पालिका सहभागी रहेकाे उक्त प्रतियोगितामा दाेगदाकेदारले अनुशाशीत भएर खेल प्रदर्शन गरेकाेमा आयाेजकले अनुशासितकाे उपाधि दाेगडाकेदारलाई दिएकाे हाे।
याे प्रतियोगितामा पहिलाेपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागीता जनाएकाे दाेगडाकेदारले खेलभावना र खेल प्रतिभा देखाएकाेले अनुशासित टिम घाेषणा भएकाे रेफ्री संयाेजक हरिसिंह भण्डारीले जानकारी दिनुभयाे।
अनुशासित घाेषणाकाे प्रमाणपत्र दाेगडाकेदारका तर्फबाट टिम प्रशिक्षक समेत रहनुभएका पालिकाका खेल प्रशिक्षक नरेन्द्र सिंह कार्कीले ग्रहण गर्नुभयाे।
प्रतियोगितामा पहिलाेपटक सहभागीता जनाएको दाेगडाकेदारकाे टिमले खेलभावनाअनुसार प्रदर्शन गरेकोले अनुशासित टिमकाे उपाधि हात पार्न सफल भएकाे हाे ।
क्वाटरफाइनलबाट बाहिरिएकाे दाेगडाकेदारकाे टिमले
अनुशासितकाे उपाधि हात पारेकाेमा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेकाे बताउनुभयाे।
याे प्रतियोगितामा पहिलाेपटक सहभागीता जनाएकाे दाेगडाकेदारले अगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समेत कार्कीले बताउनुभयो ।
फागुन १५ सुरु भएको प्रतियोगिताकाे उपाधि मेलाैली नगरपालिकालाई हराउदै घरेलु टाेली दशरथचन्द नगरपालिकाले जितेकाे छ।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्याे।
च्याम्पियन भएसंगै दशरथचन्दले १ लाख २५ हजार पुरस्कार पाएकाे आयाेजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनाेदबहादुर चन्दले बताउनुभयो । पराजित मेलाैलीले ७५ हजारमा चित्त बुझायाे।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे थियोे ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।


