अत्तरियाले जित्याे अर्जुन ट्रफीकाे उपाधि

फाप्ला: धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिप क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ।
आज सम्पन्न फाइनले खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जित्यो

उपाधिसंगै अत्तरियाले १० लाख पुरस्कार पायाे । डडेल्धुराले ५ लाखमा चित्त बुझायाे।
जितको लगि पाएकाे १ सय १९ रनको लक्ष्य डडेल्धुरा ८४ रनमा समेटियाे।

डडेल्धुराका गजेन्द्र बाेहराले २४,कुशल भुर्तेलले २०,अशाेक धामीले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

बलिङमा अत्तरियाका शाहव आलमले ३,दिपेश कडेलले ३,कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस
जितेर पहिला ब्याटिङ गरेकाे अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।
जसमा रासिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए ।

बलिङमा अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टाेली सहभागी थिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!