फाप्ला:धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोर चरण अन्तरगतको तेश्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ४६ रनमा अलआउट भयो । आर्मीका लागि राधिका पुजाराले १७ तथा कप्तान लक्ष्मी साउँदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोराे अंकमा जोड्न सकेनन ।
एपिएफका लागि रेखा रावलले ४ विकेट चट्काइन । त्यस्तै सबनम राइले २ तथा कप्तान इन्दु बर्माले १ विकेट लिइन ।
त्यसअघि धनगढीको फाप्ला मैदानमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित १७ ओभरको खेलमा ३ विकेट गुमाउँदै ११५ रन बनाएको छ । एपिएफका लागि राजमति ऐरीले सर्वाधिक ३५ रन बनाइन ।
त्यस्तै कविता जोशी ३४ रनमा अविजित र कप्तान इन्दु बर्माले १८ रनमा नटआउट रहिन ।
आर्मीका लागि सस्मीता भुषाले २ तथा ईश्वरी बिस्टले १ विकेट लिएकी हुन् ।
एपिएफकी रेखा रावल प्लेयर अफ द म्याच चुनिईन्।

Comments are closed.