फाप्ला:बाक्लाे हुस्सुका कारण प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएकाे काेशी र मधेस प्रदेशबीचकाे खेल रद्द भएकाे छ।
धनगढीस्थित फाप्ला मैदानमा बिहान ११ बजे तय गरिएको उक्त खेल दिउँसो १:१५ बजेसम्म पनि हुस्सुका कारण हुन नसकेपछि रद्द भएको हाे।
हुस्सुका कारण टस नै हुन नसकेपछि खेल रद्द गरिएको म्याच रेफ्री माेहम्मद सफिकले बताउनुभयाे।
खेल रद्द भएपछि दुबै टाेलीले १/१ अंक बाँडेका छन्।
समूह बी मा रहेका काेशी र मधेस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका टाेली हुन्।
याे समूहबाट त्रिभुवन आर्मी क्लब विजेता र बागमती प्रदेश उपविजेता रूपमा सुपर फाेरमा पुगेका छन्।
समूह ए बाट एपीएफ विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा सुपर फाेरमा सुरक्षित छन्।
सुपर फाेरका खेलहरू भाेलिदेखि हुनेछन् ।
पहिलाे सुपर फाेरकाे खेलमा बिहान ९ बजे एपीएफ र बागमती तथा दिउँसो १ बजे सुदूरपश्चिम र आर्मी भिड्नेछन् ।
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।
प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

